ट्रेण्डिङ

होमपेज / समाज

जंगलमा लागेको आगो निभाउने क्रममा एक जना गम्भीर घाइते

  सल्यान खबर डेस्क २०७९ फाल्गुण ११ गते बिहीबार २०:२८:२४ मा प्रकाशित

फागुन ११,सल्यान 
सल्यानमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जना गम्भीर घाइते भएका छन् । 
बागचौर नगरपालिका १ कोटबेतको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा बिहीबार दिउँसो शोही ठाउँका अन्दाजी ५९÷६० वर्षीय प्रेम सुनार जलेर गम्भीर घाइते घाइते हुनु भएको हो । 

जलेर गम्भीर घाइते सुनारको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बागचौर नगरपालिकाले जानकारी दिएको छ । 
आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको मेयर जनकराज गौतमले जानकारी दिनु भयो ।

जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ । आगो नियन्त्रणमा लिन प्रहरी, स्थानीयको पहलमा नियन्त्रणमा लिएको उहाँले बताउनु भयो  । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top