ट्रेण्डिङ

होमपेज / समाज

मैदुपोखरीमा वडा कार्यालयको भवन शिलान्यास

  सल्यान खबर डेस्क २०७९ फाल्गुण ५ गते शुक्रबार २०:५५:१२ मा प्रकाशित

फागुन  ५,सल्यान

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ मैदुपोखरीमा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीचमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गर्नु भएको छ ।

उक्त भवन शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकीले  पाँच वर्ष भित्र सबै वडा कार्यालयहरु सरकारी भवनबाट जनतालाई  सेवा दिने गरि लाग्ने बताउनु भएको छ । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई समेत आग्रह गर्नु भएको छ ।

शिवशक्ती प्रीजमा निर्माण सेवा कम्पनीले भ्याट बाहेक ७७ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top