ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक डसना पसलमा आगलागी

  सल्यान खबर डेस्क २०७९ माघ २७ गते शुक्रबार १४:४५:५८ मा प्रकाशित

 माघ २७,सल्यान 
सल्यानको बागचौर नगरपालिका २ बागचौरमा आगलागी हुँदा सिरक डसना बनाउने पसल पूर्णरुपमा नष्ट भएको छ । शुक्रबार दिउँसो वनमा लागेको आगो बस्तीमा छिर्दा सिरक डसना बनाउने पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पसलमा लागेको आगो नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । आगलागीबाट मानविय क्षति नभएपनि पसल भित्र रहेका सम्पूर्ण सिरक डसना जलेर नष्ट भएको उहाँको भनाई छ । पसल नजिकै रहेको खरबारीबाट एक्कासी आगलागि भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top