ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल आपसमा ठोकिदा सल्यानमा ६ जना घाइते 

  सल्यान खबर डेस्क २०७९ माघ २४ गते मंगलबार २२:५२:२७ मा प्रकाशित

माघ २५,सल्यान 
सल्यानमा मोटरसाइकल आपसमा ठोकिदा ६ जना घाइते भएका  छन् । जिल्लाको शारदा नगरपालिका १ जोगीदेउखोला नजिकै  मंगलबार राती दुई मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शारदा नगरपालिका १ श्रीनगरबाट बरला जाँदै गरेको रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र  विपरित दिशाबाट आइरहेको रा ६ प १५६३ नम्बरको मोटरसाइकल ठोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

 मोटरसाइकल ठोकिदा  सिद्ध कुमाख गाउँपालिका ३का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ कजेरीका २१ वर्षीय अर्जुन बुढाथोकी, शारदा नगरपालिका १ पटनेरीका अन्दाजी १४ वर्षीय अनिल शाही , शारदा नगरापालिका ९ गिठाचौर अन्दाजी १८ वर्षीय डिल्लीराज बोहरा, वडा न ६ भट्टाचौरका १५ वर्षीय शिशिर बुढाथोकी र हलचौर का १८ वर्षीय हिमाल बुढाथोकी  घाइते भएको  उहाँको भनाई छ ।

 उहाँका अनुसार हिमाल र अर्जुनको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्थामा मध्यम रहेको छ । घाइते सबैको श्रीनगर स्थित कर्णाली अस्पताल र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top