ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अज्ञात रोगले पशुचौपाया मर्न थाले

  सल्यान खबर डेस्क २०७९ माघ १० गते मंगलबार १५:०७:५७ मा प्रकाशित

 माघ १०,सल्यान 
एक हप्ता यतादेखि फैलिएकको अज्ञात रोगले सल्यानका चौपाय र्मन थालेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा छाडा गाई अज्ञान रोगका कारण मर्न थालेका हुन । 

छाडा पशुचौपाया मर्न थालेपछि बिरामी गाईको नमनुा संकलन गरी पशुपंक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाइएको पशु सेवा शाखा प्रमुख विनाराम बुढाथोकीले जानकारी दिनु भयो । बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको उहाँको भनाई छ । 

सामान्य लक्षणको आधारमा रेबिज जस्तो देखिएको र त्यसले भोलिका दिनमा घरपालुवा तथा अन्य छाडा पशुचौपाय र मानिसमा समेत जोखिम हुने भएकाले त्यसको रोकथाम र रोग पहिचानका लागि नमुना संकलन गरी पठाइएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु भयो. । अज्ञात रोगका कारण अहिलेसम्म ५ छाडा गाई र दुई कुकुर मरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top