ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको पलाटे गाउँमा गाडी पुग्दा स्थानीयमा छायो खुशी

  सल्यान खबर डेस्क २०७९ माघ ५ गते बिहीबार १६:२८:१४ मा प्रकाशित

प्रदीप योगी माघ ५,सल्यान 
गाउँमा गाडी पुगेपछि सल्यान पलाटेका स्थानीय बासिन्दाहरुले खुशाीयाली मनाएका छन् । वडाकार्यालयसम्म पुग्न सडक निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुी व्यक्त गरेका हुन । 

सल्यानको छत्रेश्वरी गाउँपालिका १ पलाटेमा पहिलोपटक गाडी पुगेपछि निकै खुशी लागेको स्थानीय ७३ वर्षीय हिरालाल खत्रीले बताउनु भयो । यसरी आफ्नै गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको उहाँको भनाई छ । 

गाडी गाउँमा प्रवशे गरेपछि रातो टीका बनाएर चालक र यात्रुलाई लगाएर खुशी साँटेको ७२ वर्षीय ७२ वर्षीय लाल बहादुर चन्दले बताउनु भयो । गाउँ नजिकैबाट सधै गाडी गुड्ने गरेको भएपनि आफ्नै गाउँबाट गाडी नचल्दा समस्या भएकोमा अब उक्त समस्या समाधान भएको उहाँको भनाई छ । बस्ती सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्ला बाहिर लैलान, काम पर्दा बाहिर जानका लागि सहज हुने उहाँले बताउनु भयो । 

सडक सञ्जाललाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष प्रकाश हमालले बस्तीबस्तीसम्म पनि सडक पु¥याउने बताउनु भयो । आर्थिक बर्ष २०७९/०८० को वडा सरकार द्वारा विनियोजित बजेट रु ८ लाख बजेटबाट निर्माण भएको जरालोटे पोखरी ससेखोला जलेखर्क जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको उहाँको भनाई छ । 
यस्तै सारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्ण देब बस्नेतले दाङ तुल्सिपुर देखि श्रीनगर दमाचौर हुँदै पलाटेसम्म निरन्तर गाडी सन्चालन हुने बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top