ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका एक दम्पत्ति भारतमा बन्दक

  सल्यान खबर डेस्क २०७९ माघ ३ गते मंगलबार १७:२२:१४ मा प्रकाशित

माघ ३,सल्यान 
सल्यानका  दम्पत्ती भारतको एक घरमा बन्दकमा परेका छन् । रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका १ माथिल्लो बाझँकाडाँ का २२ वर्षीय भेषराज बुढाथोकी र २३ वर्षीया श्रीमती टिका बुढाथोकी भारतको एक घरमा बन्दकमा परेका हुन । 

दम्पत्तीले १७ तोला सुन चोरेको आरोप लगाउँदै प्रहरीमा रिर्पोट गरेपनि प्रहरीले समेत चोरी नगरेको पुष्टि भइसक्दा समेत घर मालिकले दुवैलाई बन्दकमा राखेको उहाँका आफन्तले जानकारी दिएका छन् ।

३७ लाख रुपैयाँ नबुझाएसम्म उनीहरुलाई नछोड्ने बताउँदै आइरहेको आफन्तको भनाई छ ।
 घरमालिकले घर तथा आफन्तलाई फोन सम्पर्क समेत गर्न नदिएको र मोबाइल, गरगहना र पैसा समेत राखि दिएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top