ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चल्यो

  सल्यान खबर डेस्क २०७९ माघ २ गते सोमबार १५:१६:३२ मा प्रकाशित

माघ २,सल्यान 
सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चलेको  छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगर स्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजर चलाएको हो । 

श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ । 

पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिनु भयो । मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णय अनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उहाँको भनाई छ । ३५ दिने सूचना जारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताउनु भयो । कानुनको परिधिभित्र रहेर विकास निर्माणको काम गर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उहाँको भनाई छ । 

स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमा मात्र भन्दा पनि ऐलानी जग्गामा बनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमा आफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचनापनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top