होमपेज / समाज
चैत १२, सल्यान
सल्यानका स्थानीय सरकारले कोरोना भाइरसका विरुद्ध गाउँ गाउँमा माइकिङ गर्दै सचेतना अभियान सञ्चालन गरेका छन् ।
विश्वभर महामारीको रुपमा कोरोना भाईरस फैलि रहेको अवस्थामा प्रहरी र स्थानीय सरकारको समन्वयमा सचेतनामुलक सन्देश सहित माइकिङ थालिएको छ ।
जरुरी कामबाहेक अन्य समयमा बाहिर नजाऔं, समय समयमा साबुन पानीले हात धोऔं, अनावश्यक रुपमा जम्मा हुने कार्य नगरौं लगायतका सन्देश प्रवाह गरिएको छत्रेश्वरी गाउँपालिका २ का वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए ।
कुनै एक व्यक्तिको लापरवाहीले धेरैको जनधनको क्षति हुने भएकाले माइकिङ मार्फत जनतालाई सूचना दिइ रहेको उनको भनाई छ । उनले भने विश्वभर ठुला ठुला देशले त नियन्त्रण गर्न नसकेको भाइरस यदि हाम्रो आफ्नै कारण भित्रिन पनि सक्छ त्यस तर्फ सबैको ध्यान केन्द्रित गर्न माइकिङ गर्दै आइरहेका छौं ।
कोरोना भाइरस भित्रिन नदिन विदेशबाट आएका व्यक्तिहरुको नाम संकलन गर्ने उनीहरुलाई घरमै सुरक्षित ढंगले बस्न आग्रह गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताए । जनप्रतिनिधि र स्वास्थ्यकर्मीले टोलीले भाईरसका बारेमा घर घरमा पुगेर जानकारी दिने तथा सरसफाईलाई ध्यान दिन अभियान सञ्चालन गरेको उनको भनाई छ ।





.jpg)