होमपेज / समाज
पुस २५,सल्यान
घाटगाउँ पानीखोला माल्पे खहरे खोला बेल खोला सितलनेटा सडकको शिलान्यास गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका १ को घाटगाँउ, पानीखोला, माल्पे, खहरे खोला, बेल खोला हुँदै ४ न वडाको सितलनेटा जोड्ने गरी कृषि सडकको एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।
बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उक्त सडकको शिलान्यास गर्नु भएको हो । सडकको शिलान्यास गर्दै प्रमुख बुढाथोकीले जनताको जीवन स्तर सुधार गर्ने कृषि सडकको महत्त्व रहेको बताउनु भएको छ । नगरपालिका विकास काम अगाडि बढिरहेको बताउँदै नगरप्रमुख बुढाथोकीले विगत चुनाव लगाएकोले काम गर्न अवरोध गरे पनि अब नगरपालिकाको का अगाडि बढ्ने बताउनु भयो ।
नगरपालिकाको ४७ लाख ८१ हजार ३ सय ५५ रुपैयाँ भ्याट सहित मेघ कन्स्ट्रक्सन कोहलपुर बाँके निर्माण कम्पनीले काम गर्ने जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भयो । उप प्रमुख पुरुषोत्तम आचार्य , निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत वडा अध्यक्ष थुमबहादुर वि सी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।





.jpg)