ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा लडेर एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७९ पौष २४ गते आइतबार १५:०६:२८ मा प्रकाशित

पुष २४,सल्यान
सल्यानमा प्रतिक्षालयबाट लडेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको मृत्यु भएको छ ।

 घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट सेजवाल लड्नु भएको थियो  । प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार सेजवाल शनिबार राति लड्नु भएको हो  । लडेर मृत्यु भएका सेजवालबारे स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top