होमपेज / समाज
पुस ९,सल्यान
सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो । =
शव जाजरकोट भेरी नगरपालिका ३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए । भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोजतलास गर्र्ने क्रममा आज उनको शनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । शवको शनाखत र मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का पछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ ।





.jpg)