होमपेज / समाज
चैत ११, सल्यान
फागनु ४ गते कतार एयरवेजबाट काठमाण्डौ आएका एक जना सल्यानमा फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका १ का २५ वर्षिय एक व्यक्ति भेटिएका हुन । तर उनी कुन फ्लाईट मार्फत नेपाल ओर्लिएका हुन् भन्ने खुलेको छैन् ।
अहिले उनलाई बिशेष निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । उजका अनुसार बिशेष निगरानी सहित स्थानिय स्वास्थ्यकर्मीको टोली चन्दको घरमा पठाईएको छ । उनको घरमा नै प्राथामिक उपचार हुने छ भने केही लक्षण वा स्वास्थ्य समस्या देखिएमा जिल्ला अस्पताल सल्यानमा रिफर गर्न निर्देशन दिइएको बताए ।
चन्दसँगै काठमाडौंबाट सोही ठाँउका अर्का एक जना पनि दार्मामा आएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए । उनीहरु काठमाडौंबाट रुकुम झुल्नेटा–नुवाकोट हुंदै सार्वजनिक गाडीमा घर पुगेको हुन् ।
स्वास्थ्य परिक्षण विना नै उनीहरु गएराती (सोमवार राती) १० बजे घर पुगेका हुन् । अहिले सो क्षेत्रमा सबैजनालाई भेटघाट नगर्न, बाहिर ननिस्कन र गाउँमा आवतजावत नगर्न बिशेष अनुरोध गरिएको छ ।





.jpg)