ट्रेण्डिङ

होमपेज / समाज

सल्यान टुडे डटकम चौथो वर्षमा प्रवेश

  सल्यान खबर डेस्क २०७९ कार्तिक ४ गते शुक्रबार ११:०८:०४ मा प्रकाशित

सल्यान, ४ कार्तिक ।

सल्यानबाट सञ्चालित सल्यान टुडे डटकम चोथौँ वर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक ४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको सल्यान टुडेले तेस्रो वर्ष पुरा गरेर चोथौँ वर्षमा प्रवेश गरेको हो । संविधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पुर्‍याई उनीहरूलाई आफ्ना अधिकारका बारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहीन नागरिकहरूका आवाज बोल्ने उद्देश्यका पानस मिडिया हाउस प्रालिले सल्यान टुडे डटकम सञ्चालन गरेको हो ।

अनलाइन पत्रिका सल्यान टुडे डटकमले आवाजविहीनका आवाज बोल्नुका साथै नागरिकलाई सुसूचित र खबरदारी गर्ने काम गरिरहेको पानस मिडिया हाउस प्रालिका अध्यक्ष शिव डाँगीले जानकारी दिनुभयो । अहिलेको परिबेसमा नागरिकहरू निरन्तर सुचना प्राप्त गर्न चाहने र यसका लागी सबैभन्दा छिटो, छरितो र भरपर्दो माध्यम अनलाइन भएको उहाँको भनाई छ ।

वार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रमको आयोजना नगरिएको सल्यान टुडे डटकमका प्रधान सम्पादक बुद्धि पुनले जानकारी दिनुभयो । उहाँले सल्यान टुडे डटकम परिवारले एक वर्षको अवधिमा गरेका कार्यहरूको समीक्षा सहित आगामी योजनाका बारेमा छलफल गर्ने कार्यक्रमको आयोजना गरिए पनि औपचारिक कार्यक्रम तय नगरिएको जानकारी दिनुभयो ।

सल्यान टुडेले स्थानिय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगायत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेख रचना र फोटोहरू प्रकाशन गर्दै आएको छ । साथै तेस्रो वार्षिकोत्सवको अवसरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको सल्यान टुडे डटकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top