ट्रेण्डिङ

होमपेज / समाज

तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही हुने

  सल्यान खबर डेस्क २०७९ कार्तिक ३ गते बिहीबार १५:५७:२३ मा प्रकाशित

कार्तिक ३,सल्यान 

सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ।  

वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे जरिवाना लगाइने चेतावनी दिएको हो।

सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको बताउँदै मन्त्रालयले यदि बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने बताएको छ।

तिहार र छठजस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top