ट्रेण्डिङ

होमपेज / समाज

एक सातालाई नेपाल लकडाउन : घरबाट निस्किन नपाइने

  सल्यान खबर डेस्क २०७६ चैत्र १० गते सोमबार २०:५४:४३ मा प्रकाशित

चैत १०, २०७६ काठमाडौं :

कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। 

सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्।

यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्। लकडाउनका क्रममा अनुमति लिएका मानिस र  सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top