ट्रेण्डिङ

होमपेज / समाज

खैरावाङमा भुवनेश्वरी धर्मशालाको नगरप्रमुख अधिकारीद्धारा उद्घाटन

  सल्यान खबर डेस्क २०७६ चैत्र ८ गते शनिबार १९:०७:०८ मा प्रकाशित

चैत ८, सल्यान 
शारदा नगरपालिका ११ खैरावाङमा सुविधा सम्पन्न धर्मशाला उद्घाटन गरिएको छ । शारदा नगरपालिकाको आर्थिक सहयोगमा भुवनेश्वरी खैरावाङ भगवति मन्दिर परिसरमा निर्मित भुवनेश्वरी धर्मशालाको उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी २६ लाखको लागतमा ५ कोठे भवन निमार्ण गरिएको धर्मशालाको उद्घाटन शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले गरका छन् । धार्मिक अर्थात तीर्थाटन पर्यटनको महत्व बोकेको मन्दिरमा धर्मशाला निमार्ण गरिएको नगरप्रमुख अधिकारीले बताए । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुको सहजताका लागि धर्मशाला निमार्ण गरिएको उनको भनाई छ । 
वडाको दशैको समयमा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको ठुलो घुइचो लाग्ने गदर्छ । 
खैरावाङ सामुन्द्रिक सतहबाट १ हजार ६०० फिट उचाईमा पर्दछ । खैरावाङ मन्दिर परिसरबाट सल्यान जिल्लाको मात्र नभएर रुकुम जिल्लाको सिस्ने हिमाल र गुर्जा हिमालको केही दृष्यसमेत अवलोकन गर्न सकिन्छ । असोजदेखि मंसिर महिनासम्ममा खैरावाङ पुग्ने तीर्थाटन पर्यटकहरुले मौसम सफा छ भने सल्यानका फालावाङ, , लेकपोखरा, दमाचौर, स्यानीखाल, शारदाको डाडाँगाउँ, बाझकाडाँ, कुमाकलेख, खामेलेख, जयतपानी,  सदरमुकाम खलंगा बजार, मार्के, सिमखर्क, छायाँक्षेत्रको रमणीय ज्युला र दक्षिणतर्फ निगालचुलीको लेकखमेत दृष्यावलोकन गर्न सकिन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top