होमपेज / समाज
चैत ७, सल्यान
कोरोना भाईरसको सन्त्राससँगै कालोवजारीको जनगुनासो वढेपछि वजार अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले स्थानीय तहसंग समन्वय गरेर वजार अनुगमन सुरु गरेको छ । जिल्लाका मुख्य मुख्य ब्यापारिक वजारमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको हो । वजारमा मिति कटेका समानहरु समेत विक्रि भएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले अनुगमनका क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता र नविकरण, वस्तुमा लगाइएको लेवल, वस्तुको म्याद, विक्री विल दिने नदिने लगायतका कुराहरुको अनुगमन गरिएको वताए । उनका अनुसार यस अघि भएका अनुगमनका क्रममा दिइएको निर्देशन पालना भए नभएको पनि अनुमगन गरिएको छ । 
पहिलो दिन ब्यापारिक केन्द्र श्रीनगर, लुहाम, कपुरकोट अनुगमन गरिएको छ । अनुगमन केही दिन निरन्तरता दिईने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । थारमारे, सल्लीवजार, कालीमाटी रामपुर, वालुवाग्रही लगायतका ब्यापारिक केन्द्रको अनुगमन गरिने छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका केन्द्रीय सदस्य तथा मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले वजारका अनुगमन नहुँदा अखाद्य वस्तुको विक्रि वितरण र पसलपिच्छे फरक मुल्य भएको वताए । उनका अनुसार नियमित अनुगमन लाई स्थानीय तह र प्रशासनले गर्नु आवश्यक छ ।
शारदा नगरपालिका उप प्रमुख सावित्रा वस्नेतले नियमित वजार अनुगमन गर्न आवश्यक जनशक्तिको अभाव भएको वताइन । उनले भनिन कर्मचारीको अभाव छ । त्यसैमा वजार अनुगन गर्ने जनशक्ती छैन । त्यसैले नियमित वजार अनुगमन गर्न सकिएको छैन ।
सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोरोना भाईरसको पूर्व सर्तकता साथै आवश्यक पर्ने खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको कालोवजारी रोक्न वजार अनुगमन गरिएको वताए । उनका अनुसार वजारमा कृतिम अभाव सृजना हुन नदिन उद्योग वाणिज्य संघ, स्थानीय तहका जनप्रतीनिधीहरु संग आवश्यक परामर्श गरिएको छ ।






.jpg)