होमपेज / समाज
चैत ६, सल्यान
जिल्लाको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको सन्त्रासका कारण मास्कको अभाव हुन थाले पछि गाउँपालिकाले मास्क उत्पादन गर्न थालेको हो ।
स्थानीय २० जनालाई सिलाई कटाई तालिम दिएर मास्क उत्पादन सुरु गरेको त्रिवेणाी गाउँपालिकाले जनाएको छ । अहिले दैनिक तीन सय मास्क उत्पदान भई रहेको त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुण खड्काले बताइन ।
यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव हुन थालेपछि मास्क उत्पादन सुरु गरेको उनको भनाई छ । उनले भनिन विगतका वर्षहरुमा विभिन्न सिपमुलक तालिम दिई रहेको समयमा यस वर्ष विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरसबाट बच्न मास्क उत्पादन सम्बन्धि तालिम दिएर उत्पादन गरी रहेका छौं ।
उत्पादन भएको मास्क पहिलो चरणमा गाउँपालिका भित्रका सम्पूर्ण कर्मचारीलाई निःशुल्क वितरण गरिएको र अव गाउँपालिका भित्रका सम्पूर्ण नागरिकलाई वितरण गरिने वित्रेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । बजारमा मास्क पाउन निकै मुस्किल हुन थाले पछि गाउँपालिकाको लगानीमा मास्क उत्पादन सुरु गरिएको उनको भनाई छ ।
अहिले कोरोना भाइरसको सक्रणबाट बच्नका लागि िभन्दै बालबालिका, युवा, वृद्धवृद्धा सवैले मास्कको प्रयोग गर्न थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्रवात्ते बढेको व्यवसायीहरुको भनाई छ ।





.jpg)