होमपेज / समाज
पुुस १५,सल्यान
सल्यानमा घाँस काट्न गएकी एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ ।जिल्लाको छत्रेश्वरी गाउँपालिका २ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रुखबाट लडेर मृत्यु भएको हो ।
बुधवार बिहान करिब ९ बजेतिर घाँस काट्न निस्केकी घर्ती दिउँसो ४ बजेसम्म घर नआएपछि परिवारले खोज कार्य गर्ने क्रममा घर नजिकैको रुखबाट लडेर मृत अवस्थामा फेला परेका थिए ।
घर्तीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको र थप अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)