होमपेज / समाज
मंसिर २८,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान सल्यान र रोल्पाको सिमाना रोल्पाको डल्सिङ्गेबाट रुकुम झुल्नेटा जाँदै गरेको रा १ त १६९८ न ट्याक्टर सल्यान बागचौर नगरपालिका – १२ धुराखर्कमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक तथा साहु रोल्पा गंगादेव गाउँपालिका –४ गैरानेटाका अन्दाजी ४८ वर्षीय गंज बहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटना घाइते भएका डाँगीको उपचारका लागि लिन क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृत्तक डाँगीको शव घरमा राखेका भन्ने खबर प्राप्त भएपछि प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए । ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)