होमपेज / समाज
मंसिर २३,सल्यान
विपद् पूर्व तयारीमा स्थानीय सरोकारवालाको चासो कमी भएको सल्यान आयोजित एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । उनीहरूले विपद्का जोखिमको विश्लेषण नगरी विकास पूर्वाधारका कामहरु समेत हुने गरेका बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार काठमाडौँ ले सल्यान खलङ्गामा आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरूले विपद्का घटना घटेपछि खोज उद्धारका कार्य हुने गरे पनि पूर्व तयारीका काम ध्यान नगएको बताएका छन् ।
जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरिप्रकाश बुढाथोकीले विकास निर्माणका कार्य गर्दा विपद् जोखिम कम गर्ने गरी योजना बनाउनु पर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईले विपद् न्यूनीकरणका लागि सरकारले ल्याएका ऐन कानुनको स्थानीय स्तरका कार्यान्वयन गर्न सके मात्र जोखिम कम गर्न सकिने बत्ताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हिरा पौडेलले स्थानीय स्तरमा सरोकारवालाहरूको सक्रियताले मात्र मानवीय क्षति कम गर्न सकिने बत्ताउनुभयो ।
यस्तै प्राधिकरणका उपसचिव उद्धव रिजालले विपद्वाट प्रभावित ब्यक्तीको लागि विभिन्न कार्यक्रम सरकारले ल्याएपनि सल्यानबाट लाभग्राही अहिले सम्म आवेदन नदिएको बत्ताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले स्रोत साधनको अभाव र दक्ष जनशक्तिको कमीले विपद् न्यूनीकरणको काम प्रभावकारी बन्न नसकेको बताएका छन् ।





.jpg)