ट्रेण्डिङ

होमपेज / समाज

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा सल्यानमा हस्ताक्षर सङ्कलन 

  सल्यान खबर डेस्क २०७८ मंसिर २३ गते बिहीबार १८:४०:४१ मा प्रकाशित

मङ्सिर २३,सल्यान 

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा सल्यानमा  प्रतिबद्धता सहित हस्ताक्षर सङ्कलन गरिएको छ । प्रत्येक वर्ष डिसेम्बर ९ मा मनाइने यो दिवस जिल्लामा पनि सरोकारवालाहरूले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्न हस्ताक्षर सङ्कलन गरेका हुन । 

सदरमुकाम खलङ्गाको पुरानो बसपार्क भएको हस्ताक्षर कार्यक्रम दिगो विकासका लागि सुशासन, सुशासनका लागि मेरो प्रतिबद्धता, म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार  गर्न दिन्न र सहन्न भन्दै सरोकारवालाहरूले  प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् । 

भ्रष्टाचार विरुद्धको दिवसको यस वर्षको नारा भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य भन्ने रहेको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी,  प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खडका, स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा भ्रष्टाचार गर्दिन भन्दै हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top