ट्रेण्डिङ

होमपेज / समाज

सल्यानबाट इट्टा भट्टामा जाँदै गरेका छ बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

  सल्यान खबर डेस्क २०७८ मंसिर २२ गते बुधबार १९:०१:४९ मा प्रकाशित

मंसिर २२,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले इट्टा भट्टामा लिदै गरेको अवस्थामा छ बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । धादिङको मनकामना ईट्टा भट्टामा काम गराउन लैजादै गरेको अवस्थामा सल्यान शारदा नगरपालिका – १ शिलतपाटीबाट उद्दार गरी अभिभावकको जिम्मा लगाइएको हो । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – १०  साधनबासका १३ वर्षीय मोहन पुन, ९ वर्षीय तुफान परियार, ११ वर्षीया मनिषा परियार, ५ वर्षीया सरिता परियार, ७ वर्षीय योगेन्द्र विक र ५ वर्षीय गणेश विकलाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

बालबालिकाहरुका अभिभावकहरु शोही इट्टा भट्टामा काम गर्दै आइरहेको र ती बच्चाहरुले समेत काममा सघाउने बुझिए पछि धादिङ जान रोक लगाइएको उनको भनाई छ । प्रहरी र इन्सेक नेपालको प्रतिनिधिले अभिभावकले समेत जिल्लामा नै केही काम गर्ने र बालबालिकालाई पढाउने  प्रतिवद्धता जनाएको समेत खड्काले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top