ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बसको छतबाट खसेर एकको मृत्यु

  सल्यान खबर डेस्क २०७८ कार्तिक १९ गते शुक्रबार १६:४७:२२ मा प्रकाशित

कात्तिक १९,सल्यान 
सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको शारदा नगरपालिका – १ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट खसेर सिद्ध कुमाख गाउँपलिका –३ फलाटेका ३० वर्षीय रविन्द्र बोहराको मृत्यु भएको हो । बिहीबार साँझ बसको छतबाट सामान निकाल्ने क्रममा बोहरा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बसको छतबाट घाइते भएका उनको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 
बस र चालक दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top