होमपेज / समाज
फागुन २८, सल्यान
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका स्थित निम्न माध्यमिक विद्यालयमा कार्यरत निजी स्रोतका ५ जना शिक्षक तलव बिहिन भएका छन् । विगत १४ महिना देखि निजी स्रोतमा अध्ययापन गराउदै आएका शिक्षक तलव विहिन भएका हुन ।
विद्यालयको आर्थिक स्रोत नहुँदा पाँच शिक्षकलाई तलव खुवाउन नसकिएको विद्यालयका प्रधानाध्यापक खिमलाल विकले बताए ।
निजी स्रोतमा पढाई रहेका शिक्षकको करिब ७ लाख ७० हजार तलव दिन बाँकी रहेको उनको भनाई छ । तलव नपाए पछि निजी स्रोतका शिक्षक विद्यालय आउन छाडेका छन् । एक स्थायी र एक राहत शिक्षकको मात्रै दरबन्दी रहेको उक्त विद्यालयमा १ सय ७० विद्यार्थी अध्ययनरत रहेका छन् ।
आधा दर्जन बढी विद्यालय ५ कक्षामा झारिदै
नगरपालिकाका आधा दर्जन बढी विद्यालय आर्थिक अभाव भएको भन्दै आउदो शैक्षिक सत्रदेखि कक्षा ५ सम्म झार्ने तयारीमा रहेका छन् । नगरपालिकाको वडा न ६ मा रहेको राधा निमाविले यसै शैक्षिक सत्रमा प्राविमा झारि सकेको छ ।
आउदो शैक्षिक सत्रमा भैरवी निमावि , भेरी निमावि गरा, सरस्वती निमावि लाँखार लगायतका आधा दर्जन निमावि प्राविमा झार्ने निश्चित भएका छन् । शुन्य दरबन्दी र नीजि स्रोतका शिक्षकलाई तलव दिन नसक्दा विद्यालय सञ्चालन गर्न समस्या भएको शिक्षकहरुको भनाई छ ।
पहिले भन्दा अहिले विद्यालयमा आउने अनुदा कटौती भएको, स्थानीय तहबाट शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएकाले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा परिवर्तन हुन नसेको विद्यालयहरुको भनाई छ ।
यता नगरपालिकाले भने शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले काम गरी रहेको जनाएको छ ।





.jpg)