होमपेज / समाज
असोज ३,सल्यान
संविधान दिवसको अवसरमा तीन वटा विवाह गर्ने वडाध्यक्ष सहित सल्यानबाट सात जनालाई माफी दिइएको छ ।
संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।
संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरी िरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।
माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेको जेलर बल बहादुर केसीले बताए । कैद माफी पाउनेमा तीन वटा विवाह गरी कैद भुक्तान गरी रहेका वडाध्यक्ष र उनको कान्छी श्रीमती समेत रहेका छन् । तेस्रो विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका –९ का वडाध्यक्ष सहित कान्छी श्रीमती २०७७ मङ्सिर मा पक्राउ परेका थिए ।





.jpg)