होमपेज / समाज
भदौ २५,सल्यान
घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन् । भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका –५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए ।
सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका –११ बाङ्गिरहमा आएको मुखिया विर बहादुर शाहीले बताए । दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए ।
सामुदायिक वनहरुले काठ काटन नदिए पनि राउटेको परम्परागत हस्तकला बिस्तारै हराउँदै जान थालेको शाहीको भनाई छ ।





.jpg)