ट्रेण्डिङ

होमपेज / समाज

ठेकेदारको लापरवाहीले दुई वर्षदेखि पिलरमै सिमित शंखमुल पक्की पुल

  सल्यान खबर डेस्क २०७८ भाद्र २४ गते बिहीबार १३:३२:१३ मा प्रकाशित

भदौ २४,सल्यान 
ठेकेदारको लापरवाहीका कारण जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ र ६ लाई जोड्ने पक्क पुल विगत दुई वर्षदेखि पिलरमै समिति बनेको छ । छत्रेश्वरीको शंखमुलमा दुई वर्ष अघि सम्पन्न भइ सक्नु पर्ने पुल ३ पिलरमै अलपत्र परेको छ । 

२०७६ असार २० गतेसम्म निमार्ण गरी सक्ने गरी एसबीए÷सूर्य जेभीले पुल निमार्णको ठेक्का लिए पनि म्याद सकिएको दुई वर्ष बितिसक्दा समेत ठेकेदार वेपत्ता भएका छन् । राप्ती लोकमार्गसँग दारिमज्युला– खर्सुबास सडकलाई जोड्न पुल निमार्ण अघि बढाइए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीय शेर बहादुर रानाले बताए । 
पुल निमार्ण स्थलमा निमार्ण सामाग्री समेत अलपत्र परेको उनको भनाई छ । उनले भने निमार्ण सामाग्री यहि भएकाले पुल छिट्रटै हुन्छ की जस्तो लागेको थियो तर दुई वर्ष बितिसक्दा समेत अलपत्र नै छ ।

सडक डिभिजन कार्यालय दाङ्गले पटक पटक म्याद थप गरिएको र वर्षा हट्ने बित्तिकै ठेकेदार कम्पनीले काम सुरु गरेको सडक डिभिजन कार्यालय दाङ्गका डिभिजन प्रमुख इ. निरज शाक्यले बताए । सरकारले चैत मसान्तसम्मको समय थप गरिदिँदा पनि समस्या भएको उनको भनाई छ । आर्थिक वर्षको अन्तिम तिर कामको थालनी गर्ने सरकारले पनि म्याद थपिदिए पनि उनीहरुलाई कारवाहीको दायरामा ल्याउन समस्या भएको शाक्यले बताए । 

समयमै पुलको काम सम्पन्न नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छत्रेश्वरी गाउँपालिका –६ का वडाध्यक्ष चुडामणी दसौदीले बताए । पुल अलपत्र पर्दा सरकारी लगानी खेर गइरहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top