होमपेज / समाज
भदौ २२,सल्यान
सल्यान जिल्ला अस्पताल सल्यानका स्वास्थ्यकर्मी जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आइरहेका छन् । पानी चुहिने भवनबाट स्वास्थ्य जस्तो संवेदनशील काम हुँदै आइरहेको छ ।
पानी परेको समयमा सबै पानी भित्र आउँदा दैनिक स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आइरहेको स्वास्थ्यकर्मीको भनाई छ । व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने सर्वसाधारण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीको भनाई छ ।
दैनिक एक सय देखि १ सय ५० जनासम्म सेवाग्राही आउने गरेको अस्पताल जीर्ण बन्दै गएको सल्यान जिल्ला अस्पताल सल्यानका डा. प्रदीप शर्माले बताए । पानी परेको दिन भुईँमा पानी जम्ने गरेको उनको भनाई छ । सबैभन्दा धेरै टिकट काउन्टरमा पानी चुहिने गरेको डा. शर्माले बताए । टिकट काट्न लाइनमा बसेका धेरै सेवाग्राही पानीले भिज्ने गरेको शर्माको भनाई छ ।
ओपिडी सञ्चालन गर्न निमार्ण गरिएको भवनमा आइसोलेसन बनाइदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।
नयाँ भवनमा सर्ने भनेको समयमा कोरोना महामारी फैलिदा आइसोलेसन निमार्ण गरिएको जसले गर्दा स्वास्थ्यकर्मीले जोखिम मोलेर स्वास्थ्य सेवा दिँदै आइरहेको उनको भनाई छ । कोरोनाका बिरामी कम भए पश्चात् ओपिडी नयाँ भवनबाट सञ्चालन गरिने श्रेष्ठले बताए ।
पानीको तालमा बसेर सेवा दिँदै वडाध्यक्ष राना
जिल्लाका एक वडाध्यक्षले पानीको तालमा बसेर जनतालाई सेवा दिँदै आइरहेका छन् । जिल्लाको कालीमाटी गाउँपालिका –७ घुइयाबारीमा रहेको वडा कार्यालयमा पानी चुहिने भएपनि पानीको तालमै बसेर सेवा प्रवाह गरेका हुन ।
साबिक गाविसले निमार्ण गरेको भवन जीर्ण र पानी चुहिने भएपछि आफू सहित वडाका सम्पूर्ण कर्मचारी तालमै बसेर सेवा प्रवाह गर्दै आइरहेको वडाध्यक्ष नैनसिंह रानाले बताए ।
बाहिरबाट हेर्दा चिटिक्क देखिने वडा कार्यालय भित्र भने जीर्ण हुँदा कार्यालयका कागजात र अन्य सामान भगवान् भरोसाले जोगिएको उनको भनाई छ । भवन मर्मतका लागि गाउँभामा पटक पटक कुरा राख्दा पनि सुनुवाइ नभएको उनको भनाई छ । उनले भने पानी पर्दा कार्यालय भित्र छौ की बाहिरा छौ जस्तै लाग्छ ।





.jpg)