ट्रेण्डिङ

होमपेज / समाज

बनगाड खोलाले बगाएर वेपत्ता खत्रीको अझै अत्तोपत्तो लागेन

  सल्यान खबर डेस्क २०७८ भाद्र १७ गते बिहीबार १६:१०:२६ मा प्रकाशित

भदौ १७,सल्यान 
२०७७ भदौ २ गते राती बनगाड खोलाले बगाएर बेपत्ता भएका दीलिप खत्री अहिलेसम्म फेला पर्न सकेका छैनन् । एक वर्ष बितिसक्दा समेत उनको न लाश भेटिएको छ नत शास नै । 

दोलखा घर भएका सल्ली चौरजहारी सडकको नाथेखोला पुलमा काम गर्ने फिल्ड सुपरभाइजर अन्दाजी ३० वर्षीय दीलिप खत्री बाढीले बगाएर वेपत्ता भएका उनको अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन । 

रातको समयमा बाढीले पुलको समान बगाउन थालेपछि अरु साथीसँगै समान राख्न गएका थिए उनी । उनीसँगै अन्य मजदुरलाई पनि बाढीले बगाएको थिए । तर अन्य मजदुर भने बाँच्न सफल भए पनि उनलाई भने बाढीले बगाएको थियो । 

बाढीले बगाएदेखि खोजी कार्य गरी रहेको प्रहरीले एक वर्ष बितिसक्दा समेत फेला पार्न सकेको छैन । बाढीले बगाएर वेपत्ता उनको खोजीकार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
उक्त बाढीले एक जनालाई बगाउनुका साथै सल्लीको गोग्ली बजारका दर्जन बढी पसल डुवाएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top