ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नाइट भिजन सहित नौ हेलिप्याड निमार्ण

  सल्यान खबर डेस्क २०७८ भाद्र १५ गते मंगलबार १६:१९:५१ मा प्रकाशित

भदौ १५,सल्यान 
सल्यानमा नाइट भिजन सहित ९ हेलिप्याड निमार्ण गरिएको छ । विपद् पूर्व तयारी स्वरुप नाइट भिजन सहितका अन्य ७ हेलिप्याड निमार्ण गरिएको हो । 

जिल्लामा रहेका ७ गाउँपालिकामा १ १ का दरले र ३ नगरपालिकामा २ २ का दरले १३ वटा हेलिप्याड निमार्ण गर्ने योजना अनुसार अहिलेसम्म ९ वटा निमार्ण सम्पन्न भइसकेको नेपाली सेना सबुझ गणले जनाएको छ । 

नेपाली सेनाको सिमखर्क व्यारेकको हाता भित्र नाइट भिजन हेलिप्याड निमार्ण गरिएको छ । नाइट भिजन हेलिप्याडको काम अन्तिम चरणमा पुगेको र प्राविधिक सहितको टोलीले अनुगमन गरी हेलिप्याड ल्यान्ड गरेपछि पूर्णता पाउने सबुज गणका गणपती कञ्चन कृष्ण बस्नेतले बताए । नाइट भिजन हेलिप्याड सञ्चालनमा आए रातको समयमा हुनै घटनामा उद्दार तथा व्यवस्थापनमा निकै सहज हुने बताए । 

शारदा नगरपालिकामा दुई, बनगाड कपिण्डे र बागचौर नगरपालिकामा १ १ वटा हेलिप्पाड निमार्ण गरिएको छ । यस्तै कपुरकोट, छत्रेश्वरी, त्रिवेणीमा गरी ९ वटा हेलिप्याड निर्माण गरिएको छ । दार्मा, कालिमाटी र कुमाखमा काम भइरहेको र केही समय भित्रै निमार्ण सम्पन्न हुने बस्नेतले बताए । 
सरकारले दुर्गम क्षेत्रका गर्भवती, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भिर घाइतेको सहज उपचारका लागि एयर एम्बुलेन्स सुरु गरे पछि हेलिप्याड निमार्णलाई जोड दिइएको प्रमुख सेनानी बस्नेतले बताए । 

आकस्मिक विरामी र दुर्घटनाको घाइतेको तत्काल उद्दार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन । विप्द पूर्वतयारीका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण भइरहेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top