ट्रेण्डिङ

होमपेज / समाज

दुई वर्ष पछि पायो इलाका प्रशासन कार्यालय थारमारेले प्रमुख

  सल्यान खबर डेस्क २०७८ भाद्र १३ गते आइतबार १५:३७:२० मा प्रकाशित

भदौ १३,सल्यान 
प्रमुख बिहिन भएको दुई वर्ष पछि इलाका प्रशासन कार्यालय थारमारेले प्रमुख पाएको छ । 

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना एको इलाका प्रशासनमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेका थिए । 
इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लगायतका कामका लागि सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय ध्याउनु पर्ने बाध्यताको अन्त्य भएको बागचौर नगरपालिका ९ का सेवाग्राही थमन चन्दले बताए ।

पहिले प्रमुख नहुँदा सानो काममा लागि पनि सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो तर अब त्यो समस्या हटेको छ उनले भने । 
थारमारेबाट नेपाली नागरिकताको प्रमाण पत्र, नाबालक परिचय पत्र, प्रमाणित ( थर, आदाीबासी, जनजात, दलित ) लगायतका सिफािरसका सेवाह प्रदान गरिने कार्यालय प्रमुख मोहन डाँगीले बताए । 

यसअघि कार्यालय प्रमुख नहुँदा इलाका जम्मा भएका कागजात खलंगामा ल्याई प्रमाणित गरी पठाउने गरिदै आएको थियो । एक हप्तासम्म सेवाग्राहीका कागजात जम्मा गर्ने र शुक्रबार खलंगा लगि आइतबार सेवाग्राहीलाई कागजात बुझाउने गरेको पुष्पा वलीले बताइन । 
बागचौर नगरपालिका, दार्मा गाउँपालिका  र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्यनजर गरी बागचौरमा २०७२ मा कार्यालय स्थापना गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top