होमपेज / समाज
सरिता चलाउने, भदौ ११,सल्यान
गत आर्थिक वर्ष २०७७/०७८ मा सल्यान जिल्ला अदालतले ६८ दशमलव ३६ प्रतिशत मुद्दा फच्यौट गरेको छ । अदालतमा दर्ता भएका ५ सय ७२ मुद्दा मध्ये ३ सय ९१ वटा मुद्दा अर्थात ६८ दशमलव ३६ प्रतिशत फच्यौट गरेको हो ।
अदालतले १ सय ८१ मुद्दा चालु आर्थिक वर्षमा सरी आएको बताएको छ । अदालतले सबैभन्दा धेरै देवानी तर्फ ३ सय २७ मुद्दामा २ सय २६ अर्थात ६९ दशमलव ११ प्रतिशत मुद्दा फच्यौट गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताए ।
यस्तै फौजदारी तर्फ २ सय ४५ मुद्दामा १ सय १६५ मुद्दा फच्यौट गरेको छ । गत आ.व.मा ५ सय ३४ मुद्दाको लक्ष्य राखेको भए पनि त्यो भन्दा बढी मुद्दा परेको उनको भनाई छ ।
कार्यालयका अनुसार सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका परेका छन् । ज्ञवालीका अनुसार गत आ.व.मा २ सय २९ मुद्दा परेका छन् । यस्तै अंशमा ४३, लेनदेनमा २३, वहुविवाहमा ३७, बालविवाह ११, कर्तव्यज्यान ११ र जवरजस्ती करणीका ४६ मुद्दा परेका छन् ।
चालु आर्थिक वर्षमा ४ सय२८ मुद्दा पर्ने सम्भावना गरेको बताउँदै गत आ.व.मा सरी आएका र नयाँ मुद्दा गरी जम्मा ६ सय ९ मुद्दा पर्ने आकलन गरिएको ज्ञवालीको भनाई छ । जम्मा मुद्दामा ३ सय ९५ मुद्दा फच्यौट हुने उनले बताए ।





.jpg)