ट्रेण्डिङ

होमपेज / समाज

मर्मखोलाले बगाउँदा सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ भाद्र ८ गते मंगलबार १३:२०:०१ मा प्रकाशित

भदौ ८,सल्यान 
सल्यानमा मर्मखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका –४ सिम्तालेका ५१ वर्षीय लिलाधर शर्माको मर्मखोलाले बगाएर मृत्यु भएको हो । 

गाउँपालिकाको – ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले गाएर  मंगलबार बिहान वेपत्ता भएका थिए । 

वेपत्ता शर्माको खोजी गर्ने क्रममा  कुमाख गाउँपालिका – २ शान्तीबजार स्थित खोला किनारमा दिउँसो मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top