ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बस दुर्घटनाः ६ जना घाइते

  सल्यान खबर डेस्क २०७८ भाद्र ७ गते सोमबार १८:५३:४१ मा प्रकाशित

भदौ ७,सल्यान 
सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार साझ जिल्लाको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिकाको लैसे जाँदै गरेको ना ७ ख १८४८ न बस छत्रेश्वरी गाउँपालिका – ३ पेदिखोलाको कैची मोडमा दुर्घटना भएको हो । 


दुर्घटनामा परी घाइते हुने सबै छत्रेश्वरी गाउँपालिका चारका रहेका छन् । घाइते हुनेमा २२ वर्षीया रमितता डाँगी, २८ वर्षीया तुलसा विष्ट, २६ वर्षीया तिला कुमारी रावत, २१ वर्षीया दिपा पुन, २७ वर्षिया सर्मिला खत्री र ३५ वर्षीया सरिता खत्री रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 
घाइते सबैको श्रीनगरमा उपचार भएको छ ।

सबैलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । बसका के कारण दुर्घटना भएको हो त्यसबारे अनुुन्धान भइरहेको र बसका चालक फरार भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top