होमपेज / समाज
भदौ ७,सल्यान
सल्यानको सल्लीबजारदेखि रुकुम पश्चिम जोडने सडक खण्ड सुचारु भएको करिव २० वर्ष पुग्दा समेत अझै सडक स्तरोन्नती हुन सकेको छैन ।
ट्रयाक खुलेको २ दशक वितिसक्दा पनि स्तरउन्ती नहुँदा २ जिल्ला जोडने याुत्रबहाक तथा मालवहाक सवारीका साधनहरु जोखिम मोलेर आवतजावत गर्न वाध्य छन ।
करिव ४० किलोमिटरको दुरीमा रहेको चौरजहारी सल्ली सडक खण्ड वर्षायामको समयमा अवरुद्ध हुने भएपछि यस क्षेत्रका स्थानीयहरुले जाजरकोटबाट ६२ किलोमिटरको दुरीमा रहेको सडक प्रयोग गर्न वाध्य भएका हुन ।
सडक वाटो नियमित सुचारु नहँुदा र सडकको स्तरोन्नती नहुँदा रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका विरामीहरुको ज्यान समेत जोखिममा पर्ने गरेको स्थानीय आशिष आचार्यले वताए ।
कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, चौरजहारीका व्यापार व्यावसायीले लाखौं रकम खर्च गरे पनि सडक बाह्रै महिना चल्न नसक्ने भएको चौरजहारी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तेज वहादुर विष्ट बताए ।
सल्यान थारमारे बडागाउँ चौरजहारी सडकखण्ड पनि वर्षातका कारण अवरुद्ध बनेको छ । रुकुम पश्चिमलाई जोड्ने दुईवटै बाटो अवरुद्ध हुँदा स्थानीयबासी यातायातको सेवाकाट बञ्चित भएका छन् । थारेमारे सडक स्तरन्नतीका लागि ९ किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको र बाँकी सडकका लागि पनि ठेक्का प्रक्रियामा पुगेको कर्णाली प्रदेश सकारले जनाएको छ ।





.jpg)