होमपेज / समाज
इन्द्र बुढाथोकी भदौ ४ सल्यान ।
कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गरी सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा स्वास्थ्य सामाग्री ल्याइएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीको पहलमा कोभिड १९ नियन्ण सम्बन्धी स्वास्थ्य सामाग्री ल्याइएको हो ।
कोभिड १९ को तेस्रो लहर फैलिरहेको अवस्थामा उक्त सामग्रीले नगरमा थप मद्दत पुर्याउने आशा गरेको उनको भनाई छ । नगर सभा नभए पनि आफू नगरपालिकाको विकासको लागि सधै लागि परिरहेको र अहिले नगरपालिकाको काममा नै लागिरहेको अधिकृत रेग्मीको भनाई छ ।
जनप्रतिनिधि बीच विवाद हुँदा अहिलेसम्म नगर सभा भने हुन सकेको छैन । कर्मचारीको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई दोष दिने गरे पनि अहिले जनप्रतिनिधि बिच बजेट बाडँफाँडको बिषयमा बिवाद हुन नगर सभा हुन सकेको छैन ।
नगरपालिकामा ७ वटा अक्सिजन सिलिन्डर, एन्टिजिन ७ सय ५० सेट किड, भिटिएम ५ सय ३०, एम सेन्टाइजर ५ सय लिटर, मास्क सर्जिकल ४ हजार, के नाइन्टी फाइभ ५ सय पिस, गाउन सानो ठुलो गरि ८० सेट, गोल्व १ सय ५० सेट, अक्सिजन कन्ट्रेटर ५ लिटर २ वटा र १० लिटरको २ सेट उपलब्ध भएको नगरका निम्ति प्रमुख प्रशासकिय अधिकृत तथा सुचना अधिकारी धर्मराज ढकालले जानकारी दिएका छन् ।
करिव १५ लाख बराबर रकमको स्वास्थ्य सामग्री नगरमा आएको छ । कोभिड नियन्त्रण सम्बन्धि भारि मात्रामा रेग्मीकै पहलमा उक्त स्वास्थ्य सामग्री स्वास्थ बिभागबाट नगरमा आइपुगेको छ ।





.jpg)