ट्रेण्डिङ

होमपेज / समाज

लेखपोखरा स्वास्थ्य चौकीमा थन्कियो तीन वर्षदेखि एक्सरे मेशिन

  सल्यान खबर डेस्क २०७८ श्रावण ३२ गते सोमबार १६:१२:२६ मा प्रकाशित

साउन ३२,सल्यान 
दक्ष जनशक्ति नहुँदा सल्यान छत्रेश्वरी गाउँपालिका – ५ लेखपोखरा स्वास्थ्य चौकीमा तीन वर्ष देखि एक्सरे मेशिन थन्किएको छ ।
 एक्सरे मेशिन प्रयोगमा नआउँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । एक्सरे मेशिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलंगा जानु पर्ने बाध्यता छ । 

मेशिन चलाउने जनशक्ति नहुँदा र एक्सेरका केही पार्टस नआउँदा तीन वर्षदेखि प्रयोग बिहिन भएको लेखपोखरा स्वास्थ्य चौकीका सि. अ.हे.व. वीर बहादुर वलीले बताए । एक्सरे मेशिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उनको भनाई छ । 

स्वास्थ्य चौकीमा कम खर्चा सेवा दिन पाइने भन्दा चौकीमा बिरामी आउने गरेको भएपनि मेशिन बिग्रिदा अन्य ठाउँमा महंगो शुल्क तिरेर सेवा दिन बाध्य छन् । 
एक्सरे मेशिन सञ्चालन नहुँदा, गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्वास्थ्य महिला स्वयमसेविका झुपा खत्रीले बताइन । गाउँठाउँमै हुने सानो समस्याको समाधानका लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top