होमपेज / समाज
साउन ३०,सल्यान
सल्यानमा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका – ६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वथ्य शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए । साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा चेक गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गत सल्यान जिल्ला
अस्पतालको आइसोलेसनमा भर्ना भएको उनको भनाई छ । सुत्केरीको डेट कटेका कारण व्यथा लगाउने औषधी लगाई शुक्रबार राती ओलीले स्वस्थ बच्चाको जन्म दिएको जैसीले बताए ।
कोरोना पोजेटिभ गर्भवतीलाई स्वास्थ्य संस्थामा डेलिभरी दिएको सल्यान जिल्लामै पहिलो भएको डा. जैसीले बताए । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको उनले बताए ।





.jpg)