होमपेज / समाज
साउन २९,सल्यान
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका –११ भेरी नदी किनारमा मृत फेला परेका पुरुषको सनाखत भएको छ । उनी रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका –१४ राङसी का ३६ वर्षीय मनिचन कामी रहेका छन् ।
साउन २४ गते त्रिवेणी स्थित उत्तरगंगा नदीमा उनीसँगै उनको श्रीमती पनि वेपत्ता भएकी थिइन । त्रिवेणीबाट श्रीमती बगेपछि उनी बचाउन नदीमा पसेका थिए । त्यसपछि दुवै जना बेपत्ता भएका थिए । उनकी श्रीमतीको शव भने रुकुम पश्चिम सानोभेरी गाउँपालिकास्थित सानो भेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।





.jpg)