होमपेज / समाज
साउन २९,सल्यान
सल्यानमा सञ्चालित विभिन्न खोटो संकलक कम्पनीहरुले विभिन्न प्रजातीका एक लाख बिरुवा वृक्षारोपण गर्ने भएका छन् । डिभिजन वन कार्यालय सल्यानको समन्वयमा विभिन्न सामुदायिक वनहरुमा वृक्षारोपण गरिने भएको हो ।
सल्यानमा दुई लाख बिरुवा रोप्ने अभियान अन्र्तगत खोटो कम्पनीले एक लाख बिरुवा रोप्न थालेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले जानकारी दिए । उनले भने हामीले जिल्ला भर दुई लाख बिरुवा रोप्ने लक्ष्य राखेका थियौं तर दुई लाख बन्ढा बढी बिरुवा रोपिने भएको छ । जिल्लामा अहिले ५ वटा खोटो कम्पनी रहेको उनको भनाई छ ।
वृक्षारोपणले कृषकको आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यन्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका आवश्यकता पुरा गर्दै आइरहेको उनले बताए । अहिलेको बदलिदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण हुने गिरीले बताए ।
वृक्षारोपणले अक्सिजन, खाना, जल चक्रको नियमन, जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोपको न्यूनिकरण आर्थिक वृद्धि हुने डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।





.jpg)