ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा शारदा नदीमा आएको बाढीले मिनिट्रक बगायो

  सल्यान खबर डेस्क २०७८ श्रावण २८ गते बिहीबार १७:५३:५१ मा प्रकाशित

साउन २८,सल्यान 
सल्यानमा शारदा नदीमा आएको बाढीले मिनिट्रक बगाएको छ । जिल्लाको बागचौर नगरपालिका –२ बागचौरमा थारमारेबाट कोटमौला जाँदै गरेको रा १ ख २२१९ नम्बरको  मिनिट्रक बिहीबार दिउँसो बाढीले बगाएको हो । 

नदी पार गर्ने क्रममा एक्कासी आएको बाढीले ट्रक बगाएको र अहिले जेसिबीको सहयताले उद्दार गर्ने कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । ट्रक बाढीले सडकबाट करिब ५ ÷६ मिटर तल बगाएको उनको भनाई छ । 

ट्रक चालक र सहचालकको भने उद्दार गरिएको उनको भनाई छ । ट्क बाढीले नगायोस भनेर डोरीले बाँधेर रुखमा अड्याइएको पौडेलको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top