होमपेज / समाज
साउन २८,सल्यान
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कपुरकोट गाउँपालिकामा निबनध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कपुरकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा समिति सल्यान, दलित विकास समाज सल्यान (सुशासनका लागि युवा मञ्च० ग्रिन फाउण्डेशन नेपालको सहकार्यमा कोभिड १९ महामारीको असर र न्युनिनकरणमा युवाको भुमिका विषयक निबन्ध लेखन प्रतियोगीताको आयोजना गरिएको छ ।
कार्यक्रमका गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने युवा विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने श्री मेनुका रावत (नेरामावि किमुचौर) द्वतीय हुने श्री भुमिका बुढाथोकी )जीवनज्योती मावि रीम) र तृतीय हुने श्री निशान्त विश्वकर्मा (जीवनज्योती मावि रीम) ले प्रमाणपत्र सहित क्रमशः रु ५०००, ३००० र २००० पुरस्कार स्वरुप प्रदान गरिएको छ ।





.jpg)