ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु, तीन गम्भिर घाइते

  सल्यान खबर डेस्क २०७८ श्रावण २६ गते मंगलबार २१:३७:३१ मा प्रकाशित

साउन २६,सल्यान 
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

जिल्लाको कालिमाटी गाउँपालिका – ४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राती साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी ट्याक्टर चालक सल्यान कालिमाटी गाउँपालिका –३ कालिमाटीका १९ वर्षीय खुम बहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

यस्तै ट्रयाक्टर दुर्र्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका ३ कालिमाटीका जंग बहादुर सिरिष मगर, ट्याक्छर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुम बहादुर बस्नेत रहेका छन् । घाइते मगर र विकको अवस्था गम्भिर रहेको सूचना अधिकारी पौडेलले बताए । घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ । 
मिक्चर बोकेको ट्याक्टर अनियन्त्रित  हुँदा सडकबाट ५०÷६० मिटर तल खसेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top