होमपेज / समाज
साउन २६,सल्यान
घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले आफूहरुलाई भत्ता, खाद्यन्न र बसोबासका लागि समस्या भएका बताएका छन् । लत्ता कपडा, खाद्यन्नको समस्या परेकाले व्यवस्था गरि दिन समेत उनीहरुले कर्णाली प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
सल्यान कालिमाटी गाउँपालिका –५ काल्चे चिसापानीमा बस्दै आएका राउटे समुदायले आफँुहरुलाई चाहिने काठ निर्वाध काटन पाउनु पर्ने माग गरेका छन् । सामुदायिक वनहरुले काठ काट्न नदिए पछि राउटेको परम्परागत हस्तकला बिस्तारै हराउँदै जान थालेको मुखिया वीर बहादुर शाहीले बताए । उनले महिला तथा बालबालिकाहरुलाई कपडाका साथै पौष्टिकयुक्त खानेकुरा उपलब्ध गराउन आग्रह गरे ।
राउटे समुदायलाई खाद्यन्न लत्ता कपडा वितरण गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मनी सीता नेपालीले राउटे समुदायले पछिल्लो समय मदिरा तथा सूर्तिजन्य पदार्थ अत्याधिक सेवनका कारण सुरक्षामा चुनौती बढेकाले राउटे समुदायका कोही कसैलाई मादक पदार्थ बिक्री वितरण गर्ने व्यक्ति वा पसललाई कारवाही गरिने बताइन । उनले कर्णाली प्रदेशमा लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदायको पछिल्लो घटनाक्रमले सामाजिक सुरक्षाको चुनाती बढेकाले राउटे समुदायको व्यवस्थापनका लागि कानुन निमार्ण गरी प्ःयाकेजमा सबै समस्या समाधान गर्ने बताइन ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका सल्यान आएपछि मात्रै तीन जनाको मृत्यु भइसकेको छ । एक हप्ताको बिचमा तीन जनाको अकालमै ज्यान गएको हो । मुखिया वीर बहादुर शाहीका अनुसार यो पटक बस्तीमा तीन जनाको मृत्यु भएपनि बसाई भने नसारेको बताए । राउटे समुदायका कुनै एकको मृत्यु भए त्यहाँबाट बसाई सराई गर्ने राउटेले यस पटक भने बसाई सराई सारेका छैनन ।






.jpg)