ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा खहरे खोलाले बगाउँदा बालकको मृत्यु, आमा घाइते

  सल्यान खबर डेस्क २०७८ श्रावण २४ गते आइतबार ०८:२१:२१ मा प्रकाशित

 साउन २४,सल्यान 
सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ जुरढुंगाका अन्दाजी १२ वर्षीय ओमकार ओलीको मृत्यु भएको हो । 

शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगनपानीमा आएको खहरेले खोलाले बालकलाई बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिए । खहरले खोलाले आमा दिलसरा ओली घाइते भएकी  छन् । 

उनको कोवाङ्ग झिम्पे स्वास्थ्य चौकी जयचौरमा उपचार पछि घर फर्किएकी छन् ।  खहरे खोलाले बगाउँदा बालकको शव चार सय मिटर तल फेला परेको उनको भनाई छ । शवको पोष्ट मार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top