होमपेज / समाज
साउन २२,सल्यान
नेवार समुदायहरुले शुक्रबार गठे मंगलको पुजाआजा गरेर घण्टकर्ण चर्तुदर्शी मनाएका छन् । गठे मंगलको पुजा गरे पछि मात्र यो वर्षको चाडपर्व सुरु हुने विश्वासका साथ नेवार समुदायले शुक्रबार गठे मंगलको पुजा गरेका हुन ।
शुक्रबार देखि लाखेनाच पनि सुरु हुने गर्छ । उनीहरुले गठे मंगललाई राक्षसको रुपमा लिने गर्छन् । नेवार समुदायले खलंगा, श्रीनगरमा घण्टाकर्ण चर्तुदर्शी मनाएका छन् । भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ ।
दिनभर ठड्याइएको नर्कटले बनेको गठे मंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिन्छ । त्यस अगाडि छालीको चिराग समातेर तीनपल्ट परिक्रम गराइने चलन पनि छ ।
केही स्थानमा भने विभिन्न स्थानका गठे मंगललाई एकत्रित गरेर जलाउने चलन मात्र पनि छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ । यसबाट किटाणु भाग्ने विश्वास छ । परापूर्व कालमा नास्तिक व्यक्तिले कानमा घण्ट झुन्ड्याएको र उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कठन पनि छ ।
यस्तै अर्को किम्बदन्तीअ नुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले स्वीकार नगरी बेवारिसे बनाइएको थियो । उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो ।
त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ । यस दिन घरको मूल ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ । यस्तै फलामको औंठी लगाउने चलन पनि छ । ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छ ।





.jpg)