ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्रक दुर्घटना : चालक र सहचालक घाइते

  सल्यान खबर डेस्क २०७८ श्रावण २२ गते शुक्रबार १२:२८:४८ मा प्रकाशित

साउन २२,सल्यान 
सल्यानमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान दाङ्गबाट सल्यान श्रीनगर धानको भुस लिएर आउँदै गरेको लु १ ख ७३५१ न ट्रक सल्यान त्रिवेणी गाउँपालिका –६ सल्लेखोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी ट्रक चालक दाङ्ग तुलसीपुर उपमहानगरपालिका –५ का २५ वर्षीय बाबुराम परियार र सह चालक दाङ्ग शान्तिनगर गाउँपालिका –६ का १७ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

विपरित दिशाबाट आइरहेको पिकअप जीपलाई साइड दिने क्रममा अनिन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घाइते दुवैजनाको श्रीनगरमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top