होमपेज / समाज
साउन १६,सल्यान
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका –६ लान्तीबाट वडा न ५ लेखपोखरा चोरपानी जाँदै गरेको प्रदेश –३–०२०२४ प ६७५४ न मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका –५ चोरपानीका अन्दाजी २३ वर्षीय शालिक बुढा मगरको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएको बुढा मगरको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले बताए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने र थप अनुसन्धान भइरहेको पौडेलको भनाई छ ।





.jpg)